समाचारमंगलबार, पौष २८, २०७२

सर्वोच्चले आयुक्त गुरुङको फाइल मगायो

रासस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त सावित्री गुरुङसँग सम्बन्धित फाइल सर्वोच्च अदालतले मगाएको छ ।

प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश जगदीश शर्मा पौडेलको संयुक्त इजलासले गुरुङसँग सो फाइल मगाएको हो ।

आयोगका आयुक्त गुरुङले त्रिभुवन विश्वविद्यालयअन्तगर्तको रत्नराज्य लक्ष्मी क्याम्पसको सहप्राध्यापकबाट पनि सुविधा लिइरहेको भन्ने आरोप लागेपछि सर्वोच्चले गुरुङको फाइल मगाएको आदेशमा उल्लेख छ ।

नेपालको संविधानविपरीत आयुक्त गुरुङले दोहोरो सुविधा लिएको भन्दै अधिवक्ता रमेश काफ्लेले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

आयुक्त गुरुङले दोहोरो सुविधा लिएको विवादमा तानिएपछि आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आयुक्त गुरुङलाई एक साताअघि जिम्मेवारीबाट मुक्त गरेका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>