समाचारमंगलबार, पौष २८, २०७२

तीसवटा गाडी बोकेर काठमाडौं पुर्‍याउने गोले रहेनन्

हिमालखबर

goleराणाकालीन समयमा गाडी बोकेर राजधानी भित्र्याउने मध्येका मकवानपुर चित्लाङका धनबहादुर गोलेको ९२ औं वर्षमा निधन भएको छ ।

‘गाडी बोक्ने बुढा’भनेर चिनिने गोलेको उपचारका क्रममा काठमाडौ‌मा निधन भएको हो । गोले दम रोगबाट पिडित थिए ।
उनको २८ पुसमा चित्लाङमा दाहसंस्कार गरिएको छ ।

तीन वटी पत्नी भित्र्याएका धनबहादुर एउटीले छाडेर हिंडेको र दुइटीको मृत्यु भएकाले छोरी पट्टिकी नातिनीको घरमा बस्दै आएका थिए । उनका दुई छोरामध्ये एक जना मकवानपुरकै बज्रबाराहीमा छन् भने विदेशबाट बिरामी भएर फर्केका अर्का छोराको दुईवर्ष अघि निधन भएको थियो ।

गोलेको समूहले मकवानपुरको भीमफेदी, कुलेखानी, मार्खु, चित्लाङ, चन्द्रागिरिहुँदै काठमाडौं गाडी बोकेर पुर्या‍उँथे ।

त्यसरी भरिया लगाएर गाडी काठमाडौं पुर्या‍उने चलन वि.सं. २०१३ मात्रिभुवन राजपथबनेपछि हटेको थियो।

१७ वर्षको उमेरदेखि गाडी बोक्नथालेका धनबहादुरले पहिलो पटक ६४ जनाको टीममा सानो गाडी बोकेर काठमाडौं पुर्‍याउँदा नाइके मार्फत राणाबाट ६० आना (पैसा) बक्सिस् पाएका थिए। उनले ३० वटा जति गाडी त्यही बाटोबाट काठमाडौं पुर्‍याएका थिए ।

सुरजकुमार भुजेल/मकवानपुर

नेपालमा गाडी बाेकेर भित्र्याउनेहरुकाे अनुभव

गाडी बोक्ने धनबहादुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>