समाचारबुधबार, पौष २९, २०७२
६ माघभित्र नाका पूर्ण रुपमा खुल्छः एमाले सचेतक
नेकपा एमालेका सचेतक गोकुल घर्तीले ६ माघभित्र अवरुद्ध नाका पूर्ण रुपमा खुल्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल दाङले गरेको पत्रकार सम्मेलनमा सचेतक घर्तीले संविधान संशोधन विधयेक पारित भएलगत्तै नाका खुल्ने बताए । उनले भने, “मोर्चाको मागमा सरकार गम्भीर भएको छ, कुटनीतिक छलफलबाट उहाँहरुको माग पूरा हुन्छ ।”
प्रमुख नाका रक्साैल खुल्न नसक्दा जनजीवन सहज हुन सकेकाे छैन । घर्तीले राजनीतिक आन्दोलन सकिएकाले अव आर्थिक समृद्धिको यात्रा शुरु हुने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
