समाचारबुधबार, पौष २९, २०७२

विश्वविद्यालयमा क्षमताका आधारमा नियुक्तिः प्रम ओली

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयमा क्षमता र दक्षताका आधारमा पारदर्शी रुपमा पदाधिकारी नियुक्ति गरिने बताएका छन् ।

लोकतान्त्रिक प्राध्यापक संघका पदाधिकारीले प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको ध्यानाकर्षणपत्र ग्रहण गर्दै उनले विश्वविद्यालय राजनीतिक भागबण्डाका आधारमा नभई प्राज्ञिक आधारमा सञ्चालन हुनुपर्ने पक्षमा आफू रहेको बताए ।

संघका अध्यक्ष उदय किशोर तिवारीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विभिन्न विश्वविद्यालय तथा विश्वविद्यालय अनुदान आयोगमा क्षमता र दक्षताका आधारमा पारदर्शीरुपमा पदाधिकारी नियुक्ति गर्न तथा स्वच्छ रुपमा प्राज्ञिक तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक कानूनी व्यवस्था मिलाउन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>