खेलकुदबुधबार, पौष २९, २०७२

नेपालद्वारा श्रीलङ्का पराजित

हिमालखबर

बङ्गलादेशको ढाकामा जारी बङ्गबन्धु गोल्डकपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ ।

बङ्गबन्धु रंगशालामा २९ पुसमा नेपालले १–० गोल अन्तरको जित निकालेको हो । विमल घर्ती मगरले खेलको दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक भएको हो । यसअघि भारतमा भएको साफ च्याम्पियनसीपमा श्रीलंकासँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

समूह ‘ए’मा रहेको नेपालको चार अंक भएको छ । समूह चरणको पहिलो खेलमा नेपालले मलेसियाको फेल्डा युनाइटेड फुटबल क्लबसँग गोल रहित बराबरी खेलेको थियो । नेपालले समूह चरणको अन्तिम खेल १ माघमा आयोजक बंगलादेशसँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...