Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
चुँडिएको हात बिर्तामोडमै जोडियो - Himalkhabar.com

थप समाचारबुधबार, पौष २९, २०७२

चुँडिएको हात बिर्तामोडमै जोडियो

हिमालखबर

झापा, बिर्तामोडको बी एण्ड सी अस्पतालमा एकजनाको कुहिनो मुन्तिरबाट चुँडिएको हात शल्यक्रिया गरी जोडिएको छ ।

२६ पुष विहान १० बजे झापा बुधबारे–१ का हर्कबहादुर सुब्बाको काठ मिलमा काम गर्दागर्दै आराले बायाँ हातको कुहिनो मुनी छिनायो । घट्नालगत्तै  विर्तामोडस्थित बी एण्ड सी अस्पताल पुर्‍याइएका उनको हात त्यहाँस्थित चिकित्सकहरुको टोलीले जोडेको हो ।

अर्थोपेडिक सर्जन डा. निराजन पराजुलीको नेतृत्वमा डा. ओमप्रकाश चौधरी, डा. आशिष शाह लगायतले ६ घण्टा लामोे शल्यक्रिया पछि हात जोड्न सफल भएका हुन्  ।

जोडिएको हातमा रक्तसञ्चार राम्रोसँग हुन थालेपछि २९ पुसमा अस्पतालले पत्रकार सम्मेलन गरी आफ्नो सफलताबारे जानकारी गरायो  । डा पराजुलीले  हात, खुट्टा जस्ता अंग चुँडिएको १२ घण्टाभित्रमा ‘प्रिजर्भ’ गरी अस्पतालमा ल्याउन सके जोड्न सक्ने सक्षम चिकित्सकको टोली अस्पतालमा रहेको बताए ।

जोडिएको हातमा पूर्ण रुपमा रक्त–सञ्चार भइरहेकाले शल्यक्रिया सफल भएको र सुब्बाको गाँसिएको हातले ६० प्रतिशतसम्म काम गर्ने चिकित्सकले बताएका छन् ।

“मेरो हात जोडिन्छ जस्तो लागेको थिएन, एउटा हात गुमाइयो भन्ने सोचेको फेरि पाउँदा औधी खुशी छु, ” सुब्बाले भने ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>