थप समाचारबुधबार, पौष २९, २०७२
नवजात शिशुको उपचारमा सहयोग गर्न अपील
बाँकेको कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा टाउकोमा दुईवटा ठूला ट्युमर पलाएको शिशु जन्मिएको छ ।
सुर्खेत, सहारे ३ की १९ वर्षीया जयकला परियाले २७ पुस राति जन्म दिएको शिशुको टाउकोमा दुईवटा ठूला ट्युमर छ ।
चिकित्सकले ट्युमरको शल्यक्रियाका लागि काठमाडौं लैजान सुझाव दिए पनि पैसा नहुँदा आमा र बच्चा दुवै कोहलपुरमै छन् ।
“यहाँ उपचार सम्भव छैन, डाक्टरले काठमाडौं लैजानुपर्छ भनेका छन” शिशुको मामा पर्ने अम्मर परियारले भने, “उपचारका लागि आर्थिक समस्या छ ।” शिशु अहिले एनआईसियूमा छ ।
टाउकोमा ट्युमर पलाएको शिशु जन्मेको बारेमा आमालाई नै जानकारी नगराएको अम्मरले बताए ।
भारतमा ज्याला–मजदुरी गर्ने शिशुका बुवा बुधबार मात्रै नेपाल फर्किएका छन् ।
उनीहरुले विभिन्न संघसंस्था, व्यक्तिहरुलाई सहयोग गरिदिन अपिल समेत गरेका छन् ।
सहयोग गर्न इच्छुक व्यक्तिले ९८४८१३८६३४ (अम्मर परियार) मा सम्पर्क गर्न सक्ने उनीहरुले बताएका छन् ।
केशव राना,बाँके