Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
६ वटा बैंक मर्ज हुँदै - Himalkhabar.com

अर्थ/बजारबिहीबार, पौष ३०, २०७२

६ वटा बैंक मर्ज हुँदै

हिमालखबर

बैंकिङ क्षेत्रमा देखिएको जोखिमलाई प्रभावकारी तवरबाट व्यवस्थापन गर्ने उद्देश्यले ६ वटा बैंकबीच मर्ज हुनेबारे सहमति पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी बैंक तथा वित्तीय संस्था एकापसमा गाभ्ने वा गाभिने विनियमावली, २०६८ अनुसार एनसिसी बैंक, कुमारी बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक लि., एपेक्स डेभलपमेन्ट बैंक लि., इन्टरनेसनल डेभलपमेन्ट बैंक र सुप्रिप डेभलपमेन्ट बैंकबीच गाभिने सहमति पत्रमा हस्ताक्षर गरिएको हो ।

गाभ्ने/गाभिने प्रक्रिया २०७३ साल असार मसान्तभित्रमा सम्पन्न गरिने २९ पुसमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

२०७२ साल असार मसान्तको वित्तीय विवरणअनुसार ६ वटा बैंक तथा विकास बैंकको गाभ्ने/गाभिने प्रक्रिया सम्पन्न भएपश्चात् बन्ने ‘क’ वर्गको बैंकको चुक्ता पुँजी रु आठ अर्ब २१ करोड, निक्षेप रु ८१ अर्ब १२ करोड र कर्जा रु ६४ अर्ब ८८ करोड पुग्ने एनसिसीका कामु प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले जानकारी दिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>