समाचारबिहीबार, पौष ३०, २०७२
३ माघभित्र तीन दलले साझा धारणा बनाउने
प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका प्रतिनीधिसहित गठीत कार्यदलले तयार पारेको प्रतिवेदनबारे साझा धारणा बनाउने निर्णय गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सकिएको बैठकले ५ माघमा बस्ने संसद् बैठक अघि नै वार्ता निष्कर्षमा पुर्याउनेगरी तयारी अघि बढाउने निष्कर्ष निकालेका छन् । माेर्चासँगकाे वार्ता अघि तीन दलले साझा धारणा बनाउने भएका छन् ।
मोर्चाले सीमाकंन विवाद टुंग्याउनका लागि राजनीतिक समिति गठन गर्नेबारे सहमति जनाएपनि त्यस्तो समितिको कार्यविधि के हुने भन्नेबारे स्पष्ट धारणा माग गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
