थप समाचारबिहीबार, पौष ३०, २०७२
भारतीय नाकामा बढदो असुली
काकडभिट्टा–पानीट्यांकी नाका हुँदै भारतबाट मालबाहक गाडी भित्रने क्रम बढे पनि भारतीय सीमा क्षेत्रमा अनधिकृत असुली भने बन्द नभएको नेपाली ब्यापारीहरुले बताएका छन् ।
असोजको शुरुदेखि भारतले नाकाबन्दी गरे यता सीमा पारी पानीट्यांकीमा देखिने गाडीहरुको लामो लाम दुई सातादेखि छैन ।
तर त्यहाँबाट नेपाल भित्रने गाडीहरुसँग ड्राइभर, खलाँसी, मजदुर आदि संगठनका नाममा प्रति ट्रक पाँचसय देखि हजार रुपैयाँ सम्म असुल गरिरहेको मेची भन्सार एजेण्ट संघ काँकडभिट्टाका अध्यक्ष मोहन निरौलाले बताए । यसअघि नाकामा कडाई भएका बेला यदाकदा भित्रने ट्रकले एसएसबीदेखि विभिन्न संगठन–व्यक्तिलाई सामान हेरेर २५ देखि ५० हजारसम्म बुझाउन पर्थ्यो ।
यस्तो असुली ट्रकहरुलाई मात्रै नभएर सामान लिएर नेपाल आउँदै गरेका साइकल, रिक्सादेखि व्यक्तिसँग पनि हुने गरेको छ ।
१७ बर्षदेखि सीमापार ब्यापारमा संलग्न निरौलाकहाँ दैनिक एक दर्जन मालबाहक भारतबाट आइरहेका हुन्छन् । ति प्रत्येकले पानीट्यांकीमा अनधिकृत रुपमा खुलेका सिन्डिकेटलाई पैसा बुझउनु परिरहेको उनले जानकारी दिए ।
“केही साता अघिसम्म त त्यहाँ प्रत्येक ट्रकले २५ हजारदेखि ५० हजार सम्म बुझएपछि मात्र भन्सार परिसर सम्म पुग्ने बाटो पाँउथे ।”
निरौलाले भारतीय भन्सार र प्रहरी अधिकारीलाई पानीट्यांकीमा भइरहेको अनधिकृत असुली रोक्न बारम्बार अनुरोध गरिए पनि समस्या जस्ताको तस्तै रहेको बताए ।
काँकडभिट्टा सीमा नाकाबाट दैनिक करिब १५० मालबाहक गाडीहरु नेपाल भित्रिन्छन् ।
गोपाल गडतौला, झापा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
