Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कांग्रेस विधान संशोधनबारे छलफल शुरु - Himalkhabar.com

समाचारबिहीबार, पौष ३०, २०७२

कांग्रेस विधान संशोधनबारे छलफल शुरु

हिमालखबर

नेपाली कांग्रेसले संघीय संविधान अनुसार पार्टी संरचना रुपान्तरण गर्न विधान संशोधनबारे छलफल शुरु गरेको छ ।

आनन्दप्रसाद ढुंगाना संयोजकत्वकाे विधान संशोधन मस्यौदा समितिले आजबाट छलफल शुरु गरेको हो । मस्यौदा समितिका सदस्य पुष्पा भूसालका अनुसार पहिलो बैठकमा सैद्धान्तिक छलफल मात्रै भएको छ ।

मस्यौदा समितिका सदस्यहरुले मुलुक संघीयतामा गएकाले सोही अनुसार पार्टी संरचना बनाउनुपर्ने धारणा राखेका थिए । कांग्रेसले २० फागुनबाट हुने १३ औं महाधिवेशनमार्फत पदाधिकारी बढाउने तयारी गरेपनि पहिलो बैठकमा त्यसबारे छलफल नभएको भूसालले बताइन् ।

उनले भनिन्, “पदाधिकारी बढाउने कि नबढाउने भन्नेबारे शीर्ष नेताहरुसँग छलफल गरेर निर्णय लिइनेछ ।” सभापतिका आकांक्षी सुशील कोइराला र शेरबहादुर देउवा आफू अनुकुल विधान स‌ंशाेधनकाे रणनीतिमा छन् ।

स्रोतका अनुसार सभापति कोइराला उपसभापति बढाउनुपर्ने र देउवा सहमहामन्त्री बढाउनुपर्ने पक्षमा छन् । देउवा भने सकेसम्म पदाधिकारी नबढाउने र बढाउनै पर्ने अवस्थामा सहमहामन्त्री बढाउने तयारीमा रहेका छन् ।

सभापति कोइरालाका लागि भने आकांक्षीहरु समेट्न कुनै हालतमा पदाधिकारी बढाउनैपर्ने बाध्यतामा छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>