थप समाचारशुक्रबार, माघ १, २०७२

लाप्राकबासीलाई गुप्सीपाखा दिने सरकारको निर्णय

हिमालखबर

सरकारले गोरखा लाप्राकका भूकम्पपीडितलाई गुप्सीपाखा दिने निर्णय गरेपछि भूकम्पपछि विस्थापित भई अस्थायी शिविरमा बस्दै आएका लाप्राकवासी खुसी भएका छन् ।

जग्गा नहुँदा व्यवस्थित टहरोसमेत बनाउन नपाएका लाप्राकीले अब घर बनाउन पाइने भन्दै खुसी साटेका छन् ।

लाप्राकको पुरानो गाउँ भूकम्प र पहिरोले गर्दा असुरक्षित छ । २०५६ सालमा गएको पहिरो र गत १२ वैशाखमा गएको भूकम्पले गाउँको तल्लो भेग चिराचिरा परेको छ । पुरानै लाप्राकमा नयाँ बस्ती विकास गर्न नमिल्ने भूगर्भविद्को भनाइपछि लाप्राकका भूकम्पपीडित सुरक्षित जग्गाको खोजीमा भौँतारिएका थिए ।

६१७ अस्थायी शिविरमा कष्टकर जीवन निर्वाह गर्दै आएका लाप्राकीलाई भूकम्प गएको नौ महिनापछि सरकाले १८.३२ हेक्टर क्षेत्रफलमा फैलिएको गुप्सीपाखा दिने निर्णय गरेको थियो । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>