Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपालीले नागरिकताविहिन भएर बस्नुपर्दैनः गृहमन्त्री बस्नेत - Himalkhabar.com

समाचारशुक्रबार, माघ १, २०७२

नेपालीले नागरिकताविहिन भएर बस्नुपर्दैनः गृहमन्त्री बस्नेत

सविता श्रेष्ठ

Shakti-basnetगृहमन्त्री शक्तिबहादुर बस्नेतले नेपाली नागरिकले नागरिकताविहिन भएर बस्नुपर्ने अवस्था नरहने बताएका छन् ।

सञ्चारिका समूहले ललितपुरमा गरेको अन्तरक्रियामा बोल्दै गृहमन्त्री बस्नेतले नयाँ संविधानको व्यवस्था अनुसार नागरिकता प्रदान गर्न परिपत्र जारी गरिसकिएको बताए । उनले भने, “कोही नेपालीले पनि नागरिकताविहिन भएर बस्नुपर्दैन ।”

गृहमन्त्री बस्नेतले प्रगतिशील संविधान बनेपनि कार्यान्वयनमा व्यवहारिक चुनौति रहेको बताए । उनले नागरिकताका विषयमा नीतिगत समस्या नरहेको बताए ।

महिला, कानून र विकास मञ्चका अधिवक्ता सबिन श्रेष्ठले वंश र लैङ्गिक आधारमा पहिलो पटक नागरिकता वितरणको प्रावधान राखिएपनि नागरिकता ऐन–२०६३ मा समस्या रहेको बताए ।

उनले संविधान अनुसार ऐन परिवर्तन नगरे महिलाहरुले आफ्ना सन्तानलाई सजिलै नागरिकता दिलाउन नसक्ने बताए । श्रेष्ठले भने, “वंशजको आधारमा नागरिकता दिने विश्वका १२० देशहरुमा १०८ देशमा आमा वा बाबु, ७ मा बाबु र ३ देशमा आमा र बाबुका आधारमा नागरिकता दिने व्यवस्था छ ।”

सञ्चारिका समुहकी अध्यक्ष निर्मला शर्माले संविधान जारी भएको ४ महीना पुग्दा समेत लैङ्गिक विभेद कायम राखेको बताइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>