थप समाचारशुक्रबार, माघ १, २०७२

मधेश आन्दोलनका कारण परिषद् डाकिएन

हिमालखबर

मधेशमा करिब पाँच महिनादेखि जारी आन्दोलनका कारण सर्वसाधारणलाई सास्ती भएको छ भने विकास निर्माणका कार्य अवरुद्ध भएको छ ।

आन्दोलनका कारण धनुषाको विकास निर्माणका कार्य पूर्ण रुपले प्रभावित भएको छ ।

स्थानीय निकायको पुस मसान्तसम्म हुनुपर्ने परिषद्समेत सम्पन्न हुन सकेको छैन ।

परिषद् सम्पन्न हुन नसेकपछि जिल्लामा आउने थप अनुदानसमेत कटौती हुने खतरा बढेको छ ।

जारी आन्दोलनका कारण करिब पाँच महिनादेखि अधिकांश सरकारी कार्यालय बन्द छन् ।

जनकपुर उपमहानगरपालिका र नगरपालिका तथा गाविसको योजना छनोटका लागि गरिनुपर्ने परिषद् डाकिएको छैन ।

आन्दोलनका कारण असहज अवस्था उत्पन्न भएपछि परिषद् गर्न नसकिएको जनकपुर उपमहानगरपालिकाका प्रमुख पुण्यप्रसाद निरौलीले जानकारी दिए ।

जनकपुर उपमहानगरपालिकाले चालु आर्थिक वर्षको योजनाको कामसमेत सम्पन्न गर्न सकेको छैन ।

नागरिक समाजका अगुवा डा सञ्जयकुमार गुप्ताले विकासलाई गति दिन मधेश आन्दोलनलाई समाप्त पार्न जरुरी रहेको बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>