समाचारशुक्रबार, माघ १, २०७२
नेपाल बंगबन्धु गोल्डकपको सेमिफाइनलमा
लिग चरणको अन्तिम खेल अगाडि नै नेपाल बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।
प्रतियोगिताको समूह ‘ए’ को लिग खेलमा श्रीलंकाले मलेसियाको फेल्डालाई २-१ ले हराएपछि नेपाल सेमिफाइनलमा जाने तय भएको हो ।
जितपछि श्रीलंकाले लिग तालिकामा तीन अंक जोड्यो भने भने फेल्डा दुई अंकमै सीमित रह्यो ।
आयोजक बंगलादेश पनि नेपालसँगै अन्तिम चारमा प्रवेश गरेको छ । नेपाल र बंगलादेश दुवैले लिग तालिकामा चार/चार अंक जोडेका छन् ।
आज साँझ नेपाली समय अनुसार ६ः१५ बजे शुरु हुने समूहको लिग चरणको अन्तिम खेलले समूह विजेता र उपविजेताको निर्णय गर्ने छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
