समाचारशुक्रबार, माघ १, २०७२

अब संविधान कार्यान्वयनको चरणमा जानुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

हिमालखबर

प्रधानन्यायाधीश कल्याण श्रेष्ठले स्थायित्व र विकासका लागि संविधान कार्यान्वयनको चरणमा जानुपर्ने बताएका छन् ।

जिल्ला अदालत गुल्मीको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले अदालत संविधानको विकल्प खोज्ने ठाउँ नभएको भन्दै संविधानको विकल्प खोज्ने राजनीतिक प्रक्रियाको विषय भएको बताए ।

उनले संविधान आफैं क्रियाशील नहुने त्यसलाई क्रियाशील बनाउनुपर्ने सुझावसमेत दिए ।

श्रेष्ठले अबको राजनीति विकास केन्द्रित, न्याय केन्द्रित, सभ्यता, अग्रगामी र अग्रमुखी पद्दतिको निर्माणमा लाग्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>