खेलकुदशुक्रबार, माघ १, २०७२
नेपाल समूह उपविजेता
अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेलेको नेपाल बङ्गबन्धु गोल्ड कपको समूह ए उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । ढाकास्थित बङ्गबन्धु रंगशालामा १ माघमा नेपाल र आयोजक बंगलादेशले गोल रहित बराबरी खेलेर अंका बाँडेका हुन ।
दुई अंक जोडेको मलेसियाको फेल्डा युनाइटेड श्रीलंकासँग पराजित भएपछि नेपाल र बंगलादेशको सेमिफाइनल यात्रा सुनिश्चित भईसकेको थियो । बंगलादेशसँग समान पाँच अंक जोडे पनि गोल अन्तरको आधार नेपाल समूह उपविजेता भएको हो ।
सेमिफाइनलमा नेपालले समूह बिको विजेता र बंगलादेशले उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ । ६ अंक जोडेको माल्दिभ्स र ४ अंक जोडेको बहराईनबीच समूह चरणको अन्तिम खेल २ माघमा हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>