Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कञ्चनपुर: फुटबल मैदानमै नेपाल र भारतका खेलाडीबीच कुटाकुट - Himalkhabar.com

थप समाचारशनिबार, माघ २, २०७२

कञ्चनपुर: फुटबल मैदानमै नेपाल र भारतका खेलाडीबीच कुटाकुट

हिमालखबर

कञ्चनपुरको दक्षिण क्षेत्रमा पर्ने नेपाल– भारतको सीमा क्षेत्रको दसहीमा शुक्रबार दुई देशबीचका फुटबल खेलाडीबीच कुटाकुट भएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका–१ स्थित महाकाली युवा क्लब र भारतको लखिमपुर, दसहीका खेलाडीबीच फुटबल चलिरहँदा भएको विवादले उग्ररुप लिएपछि झडपको स्थिति सर्जना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

“खेल गराउँदै गरेका एम्पायरको निर्णयका विषयलाई लिएर दुई पक्षका खेलाडीबीच विवाद भएको हो,” जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थापाले भने, – “सोही विषयलाई लिएर सामान्य हातपात भयो ।”

कुटपिटबाट दुवैतर्फका खेलाडीलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाएपछि बेलौरीस्थित इलाका प्रहरी, त्रिभुवनबस्ती इलाका प्रहरी र भारतीय प्रहरी घटनास्थल पुगेर विवाद साम्य पारेको थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>