समाचारशनिबार, माघ २, २०७२

निधिद्वारा महामन्त्रीमा उम्मेद्वारी घोषणा

हिमालखबर

finalनेपाली कांग्रेसका पूर्व महामन्त्री तथा कार्य समिति सदस्य विमलेन्द्र निधिले पार्टीको १३ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने भएका छन ।

तराई मधेशमा कमजोर बन्दै गएको पार्टीको पहुँच र देशको परिवर्तित स्वरुपको सम्बोधनका लागि आफ्नो उम्मेद्वारी अनिवाबर्य भएको बताउदै निधिले महामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन ।

यादवका अनुसार निधिले केही दिनमै औपचारिक कार्यक्रम मार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्ने तयारी गरिरहेका छन ।

दोस्रो जनआन्दोलनको सफलता पछि पार्टीमा देखिएको अस्थिर र असफल कुटनीतिका कारण पार्टीका धेरै नेता र कार्यकताले पार्टी छाडेर गएको ठहर निधिको छ ।

निधि नेपाल विद्यार्थी संघको पूर्व अध्यक्ष हुँदै पार्टीको महामन्त्री भै सकेका छन् । नेता निधिले आफ्नो करिब पाँच दशक लामो राजनीतिक यात्रामा सात वर्ष जेलमा बिताएका छन् ।

राजनीतिक शास्त्रमा त्रिभुवन विश्व बिद्यालयबाट स्नाकोत्तर गरेका निधि संविधान सभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित संसद हुन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>