समाचारशनिबार, माघ २, २०७२
पेट्रोल पम्पमा विस्फोट, सामान्य क्षति
सिरहाको मिर्चैया नगरपालिका–५ स्थित शिला पेट्रोल पम्पमा १ माघ राति बम विस्फोट भएको छ ।
विस्फोटबाट पम्पमा सामान्य क्षति मात्रै भएको छ । पम्प परिषरको बालुवा गिट्टी रहेको ठाउँमा विस्फोट हुँदा गिट्टी उडेर पेट्रोल पम्पको सिसा र बल्ब फुटेका छन् । तीन/चार जनाको समूहमा आएका अज्ञात समूहले विस्फोटक प्रहार गरेर भागेका प्रत्यक्षदर्शीले बताएका छन् ।
विस्फोटका कारण स्थानीयवासी त्रसित बनेका छन् । विस्फोट कसले र किन गराएको भन्ने केही खुल्न सकेका छैन् । उक्त घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
