रमझमशनिबार, माघ २, २०७२

फिल्मफेयरः बाजीराव मस्तानी उत्कृष्ट फिल्म

हिमालखबर

बलिउडको चर्चित फिल्म पुरस्कार समारोह ‘फिल्म फेयर अवार्ड’ मा ‘बाजिराव मस्तानी’ ले वर्षको उत्कृष्ट फिल्मको सम्मान पाएको छ ।

bajirao_mastani_poster_624x351_eros१ माघ राति घोषणा भएको अवार्डमा ‘बाजिराव मस्तानी’ र ‘पिकु’ ले सबैभन्दा धेरै पुरस्कार पाए ।

अभिनेता रणबीर सिंहले ‘बाजिराव मस्तानी’ का लागि उत्कृष्ट अभिनेता र सञ्जयलीला भन्सालीले यसै फिल्मका लागि उत्कृष्ट निर्देशकको अवार्ड पाए ।

प्रियंक चोपडाले यही फिल्मका लागि ‘बेस्ट सपोर्टिङ एक्ट्रेस’ को पुरस्कार पाइन् ।

‘बाजिराव मस्तानी’मा मस्तानीको भूमिका निर्वाह गरेकी दीपिका पादुकोण उत्कृष्ट अभिनेत्री छनिइन् । यद्यपी उनले यो पुरस्कार फिल्म ‘पिकु’ लागि पाएकी हुन् ।

क्रिटिक्स च्वाइस अवार्ड पनि फिल्म ‘पिकु’ ले प्राप्त ग¥यो । ‘पिकु’ का लागि नै अमिताभ बच्चनले ‘क्रिटिक्स च्वाइस बेस्ट एक्टर अवार्ड’ प्राप्त गरे ।

‘क्रिटिक्स च्वाइस बेस्ट एक्ट्रेस अवार्ड’ कंगना रनावतले प्राप्त गरिन् ।

फिल्म ‘मसान’ का लागि निर्देशक निरज घायवानले वर्ष–२०१५ को नवोदित निर्देशकको पुरस्कार पाए ।

यस अवसरमा पुरानी अभिनेत्री मौसमी चटर्जीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ दिइयो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>