समाचारशनिबार, माघ २, २०७२

राष्ट्रपतिद्वारा पुनःनिर्माण ‘महाअभियान’ को उद्घाटन

हिमालखबर

विनाशकारी भूकम्प गएको करिब ९ महिनापछि भूकम्पबाट ध्वस्त भएका संरचनाहरुको पुनर्निर्माणको काम औपचारिकरुपमा शुरु भएको छ।

पुनःनिर्माण प्राधिकरणले तयार पारेको पुनर्निर्माणसम्बन्धी कार्ययोजनाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीबाट अभियानको शुभारम्भ गरेकी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भने दिउँसो ललितपुरको बुङ्मतीबाट अभियानको शुरुवात गर्ने कार्यक्रम छ।

अभियानको सुरुआतसँगै तीन हप्ताभित्र भूकम्प प्रभावित १४ जिल्लामा एक सय इन्जिनियर र एक सय समुदाय परिचालक गरी करिब तीन हजार तथ्यांक संकलनमा जुट्ने प्रधिकरणले जनाएको छ।

माघ महिनाभित्र सर्वेक्षण सकिएका गाविसबाट आवास निर्माणको काम अघि बढाइने प्राधिकरण प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावालीले बताएका छन् ।

सरकारले आगामी २०७३ वैशाख १२ गतेसम्ममा भूकम्प प्रभावित प्रत्येक गाविस/नगरपालिकामा पुनःनिर्माण कार्य सुरु गरिसक्ने योजना बनाएको छ।

गत वैशाख १२ को भूकम्पका कारण भत्किएका संरचनाको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय समुदायले आर्थिक सहयोग र सहुलियत दरको ऋण सहायता गरी चार खर्ब १० अर्ब दिने प्रतिबद्धता जनाएका थिए।

भूकम्पका कारण ६ लाख ८ हजार १ सय ५५ घर पूर्णरुपमा ध्वस्त भएका थिए भने दुई लाख ९८ हजार ९ सय ९८ घरगोठ आंशिक रुपमा क्षति भएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>