समाचारशनिबार, माघ २, २०७२

मलाई कसैले रोक्न सक्दैनः पौडेल

हिमालखबर

नेपाली कांग्रेस उपसभापति रामचन्द्र पौडेलले आफूलाई सभापति पदमा उम्मेदवारी दिन कसैले रोक्न नसक्ने बताएका छन् ।

२ माघमा कपिलवस्तु आइपुगेका पौडेलले सञ्चारकर्मीसँगको कुराकानीमा कांग्रेस भित्रको गुटवन्दी अन्त्यका लागि पनि आफ्नो उम्मेदवारी जरुरी रहेको बताए ।

देशभरका कार्यकर्ताले सभापतिमा पदको उम्मेदवारी दिन दबाब दिइरहेकाले पनि अब आफूलाई कसैले रोक्न नसक्ने उनको भनाई थियो ।

आफू सभापति भएपछि कांग्रेस भित्रको गुटगत राजनीति समाप्त हुने उनको दाबी छ ।

ठूला ३ दल र मधेशी मोर्चाबीच जारी वार्ता अन्तिम चरणमा पुगेकाले छिटै भारतको नाकावन्दी अन्त्य हुने पनि उनले बताए ।

कांग्रेस कपिलवस्तु सभापति एवम् सांसद सुरेन्द्रराज आचार्यकी माता प्रभा आचार्यको निधनमा श्रदान्जली दिन पौडेल कपिलवस्तु आएका हुन् ।
गोपाल भण्डारी, कपिलवस्तु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>