खेलकुदशनिबार, माघ २, २०७२

फाल्गुनन्द गोल्डकपको उपाधि ताप्लेजुङलाई

हिमालखबर

पाँचथरको फिदिममा आयोजित ७ औं फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको उपाधि कर्णसिंह सोनाम स्मृति फुटवल क्लव ताप्लेजुङले हात पारेको छ ।

तस्वीर: लक्ष्मी गौतम

तस्वीर: लक्ष्मी गौतम

२ माघमा सम्पन्न फाइनल खेलमा प्रतिस्पर्धी आयोजक फिदिम स्पोर्टिङ क्लवलाई ०–२ गोलले हराँउदै ताप्लेजुङले उपाधि जितेको हो ।

ताप्लेजुङका तर्फवाट खेल शुरु भएको १२ औं मिनेटमा रोजिन धिमालले १ गोल गरे भने मध्यान्तर पछिको १३ औं मिनेटमा फिदिम स्पोर्टिङ क्लवका नरेश सम्वाहाम्फेले आत्मघाती गोल गरेका थिए ।

यो जितसँगै विजेता टिमले नगद रु. १ लाख ११ हजार १११ तथा उप विजेताले ५५ हजार ५ सय नगद सहित ट्रफि र मेडल प्राप्त गरेका छन् ।

विजेता र उप विजेता टिमलाई प्रमुख अतिथि सांसद भिष्मराज आङदेम्वेले पुरस्कार र ट्रफि वितरण गरेका थिए ।

पुष २५ देखी शुरु भएको प्रतियोगितामा चर्च व्वाइज क्लव ताप्लेजुङलाई फेयर प्ले टिम घोेषणा गरिएको छ ।

यस्तै ताप्लेजुङका रोजिन धिमाललाई वेष्ट प्लेयर र हाई स्कोरर, विजय धिमाललाई वेष्ट डिफेन्स, दिनेश कार्कीलाई म्यान अफ दि म्याच, ताप्लेजुङकै रवि थापालाई वेष्ट गोलकिपरको उपाधि सहित पुरस्कृत गरिएको छ ।

खेलकुद पत्रकारिता पुरस्कार वास्कोटालाई
यसैविच फिदिम १ का व्यवसायी हरिप्रसाद नेपालका स्वर्गीय पिता प्रजापति नेपालको स्मृतिमा सञ्चालित स्वर्गीय प्रजापति नेपाल खेलकुद पत्रकारिता पुरस्कार यसवर्ष पत्रकार भिमकुमार वास्कोटालाई प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासंघ पाँचथर शाखा र फिदिम स्पोर्टिङ क्लवको सहकार्यमा वितरण हुने पुरस्कार राशी १० हजार नगद र प्रमाणपत्र छ ।

पुरस्कार गतवर्षदेखि वितरण शुरु गरिएको हो ।
लक्ष्मी गौतम, पाँचथर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...