अर्थ/बजारबुधबार, मंसिर १३, २०६९

निर्यातको रकमले पेट्रोल किन्न पनि पुग्दैन

रमेश कुमार

नेपाल राष्ट्र ब्याङ्कले १२ मंसीरमा सार्वजानिक गरेको तथ्याङ्कअनुसार, चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नेपालले कुल वस्तुको निर्यातबाट कमाएको रकमभन्दा ३ अर्ब बढी रकम पेट्रोलियम पदार्थ किन्न खर्चेको छ । असोजमसान्तसम्ममा २० अर्ब ७३ करोड रुपैयाँको वस्तु निर्यात भएकोमा यसैअवधिमा भारतबाट २३ अर्ब ७० करोड रुपैयाँको पेट्रोलियम पदार्थको आयात गरिएको छ । भारतबाहेक अन्य देशबाट समेत नेपालले ४७ करोड ५१ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ खरिद गरेको छ ।

वस्तुको आयात बढेको तर निर्यातमा सुधार हुन नसकेका कारण नेपालले वैदेशिक ब्यापारमा ठूलो घाटा बेहोरिरहेको छ । नेपालले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ खर्ब ३६ अर्ब ४८ करोड रुपैयाँको वस्तु आयात गरेको छ । यो अघिल्लो वर्षका तुलनामा ३६.१ प्रतिशत बढी हो । आयात ह्वात्तै बढेका कारण नेपालले तीन महिनामा मात्रै १ खर्ब १५ अर्ब ७५ करोड ब्यापार घाटा बेहोरेको छ । यो अघिल्लो वर्षका तुलनामा ४०.८ प्रतिशत बढी हो ।

पेट्रोलियम पदार्थ, रासायनिक मल, सुन, सिमेण्ट, औषधि, औद्योगिक मेसिन, कपडा, मोटर र पाटपूर्जा तथा दुरसञ्चारका उपकरण खरिद गर्न नेपालले ठूलो रकम खर्च गर्नु परेको छ । नेपालले पहिलो तीन महिनामा ७ अर्ब ६ करोड रुपैयाँको सुन आयात गरेको छ, जुन अघिल्लो वर्षका तुलनामा ३०.९ प्रतिशतले बढी हो । नेपालले ६ अर्ब ७० करोडको सवारी साधन र पाटपूर्जा, ३ अर्ब ७५ करोडको दुरसञ्चारका उपकरण, ३ अर्ब ६४ करोडको औषधि, २ अर्ब ५३ करोडको सिमेण्ट र २ अर्ब ५६ करोडको रसायनिक मल आयात गरेको छ ।

निर्याततर्फ नेपालले १ अर्ब ७४ करोडको कार्पेट, १ अर्ब ५३ करोडको तयारी पोशाक, १ अर्ब ४२ करोडको कपडा, १ अर्ब १८ करोड रुपैयाँको जुटका सामान, १ अर्ब १७ करोडको पोलिस्टर धागो र १ अर्ब ६ करोडको दाल निर्यात गरको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>