थप समाचारआइतबार, माघ ३, २०७२

माओवादी कार्यकर्ता गाँजासहित भारतमा पक्राउ

हिमालखबर

डकैतीको अभियोगमा प्रहरीले खोजी गरिरहेका मोरङ उर्लाबारीका एकजना माओवादी कार्यकर्ता गाँजासहित भारतको पानीट्यांकीमा पक्राउ परेका छन् ।

पूर्वी मोरङको उर्लाबारी–२ का राजेश्वर लिम्बु (सुसन) ९०० ग्राम गाँजा सहित १ पुस राति काकडभिट्टासँग सीमा जोडिएको पानीट्यांकी बाट पक्राउ परेको पश्चिम बंगालको नेपाली दैनिक हिमालय दर्पणले त्यहाँको प्रहरीलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

वाइसिएल मोरङ क्षेत्र नम्बर– ९ का उपाध्यक्ष समेत रहेका ३० वर्षीय राजेश्वर इलाका प्रहरी कार्यालय उर्लाबारीले डाँका मुद्दामा खोजी गरिरहेका अभियुक्त समेत हुन् ।

करिब तीन साताअघि उर्लाबारी प्रहरीले लिम्बुको समूहमा संलग्न पूर्व प्रहरी हर्क परियारलाई पक्राउ गरी डाँका मुद्दा चलाएको थियो । परियार हाल पुर्पक्षको लागि थुनामा छन् ।

लिम्बु र परियार सहितको समूहले गएको ७ पुसमा उर्लाबारी– ३ की बिना गुरुङको घरबाट १ लाख ७८ हजार रुपैयाँ बराबरको धनमाल लुटेको थियो ।

उनीहरुले ठेक्कापट्टाको कारोबार गर्नेहरुलाई धम्क्याँउदै पैसा असुल्ने गरेको समेत प्रहरीले जनाएको छ ।

पश्चिम बंगालको दार्जिलिङमा लिम्बुले कयौंपटक गोप्य बैठक गरेर ‘समूह’ निर्माण गरिरहेको सूचनाका आधारमा खोजी भइरहेका लिम्बुलाई पक्राउपछि चारदिनको म्याद थपि अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

भारतीय प्रहरीले लिम्बु अन्तराष्ट्रिय आपराधिक गिरोहसँग मिलेर लागुपदार्थको ओसारपसारमा संलग्न रहेको दाबी पनि गरेको छ ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>