थप समाचारआइतबार, माघ ३, २०७२

दमकल नहुँदा सिमरा विमानस्थल र आयल निगम डिपो असुरक्षित

हिमालखबर

सिमरा विमानस्थलमा रहेको बिग्रेको दमकल ।

सिमरा विमानस्थलमा रहेको बिग्रेको दमकल ।

दमकल (बारुणयन्त्र) को अभावका कारण बाराको सिमरा विमानस्थल र अमलेखगञ्जस्थित क्षेत्रीय आयल निगम डिपो असुरक्षित बनेको छ ।

सिमरा विमानस्थल र क्षेत्रीय डिपो दुवै स्थानमा रहेका बारुणयन्त्र तीन महिनाअघि नै बिग्रिएपछि अहिलेसम्म पनि मर्मत गरिएको छैन ।

इन्धन भण्डारण गरिने स्थान र विमानस्थल जस्ता अति संवेदनशील क्षेत्रमा वारुणयन्त्र २४ सै घण्टा तयारी अवस्थामा रहनुपर्छ ।
दैनिक नियमित ८ वटा उडान भर्दैै आएको सिमरा विमानस्थलमा आपतकालिन अवस्थामा रात्रिकालीन उडान तथा अवतरण हुने समेत व्यवस्था छ तर, सुविधासम्पन्न भनिएको उक्त विमानस्थलमा वारुणयन्त्र भने छैन ।

विमानस्थलमा रहेको फ्रान्समा निर्मित अत्याधुनिक बारुणयन्त्रको पानी तथा फोम फ्याँक्ने डिजिटल टच प्याडको सेन्सर विग्रिएको र उक्त सामान नेपालमा नपाइने भएकोले विदेशबाट मगाउनु पर्दा ढिलो भएको नागरिक उड्डयन प्राधिकरण सिमराका प्रवन्धक परवेज आलम सिद्दिकीले बताए ।

उनका अनुसार सुरक्षा भन्दा पनि क्षति न्यूनिकरणमा प्रयोग हुने बारुणयन्त्रको विकल्प अहिले विमानस्थलमा केही पनि छैन ।

अहिले सिमरा विमानस्थालमा जेटस्टिम ४१, एटिआर ४२, बीचक्रयाफ्ट जस्ता जाहजहरु अवतरण गर्न सक्छन् । काठमाडौंको विमानस्थल व्यस्त भएका बेला विकल्पमा सिमरामा अवतरण गर्नसक्ने यस्ता विमानहरु वारुणयन्त्रको अभावमा अहिले अवतरण गराउने अवस्था छैन ।
श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>