समाचारआइतबार, माघ ३, २०७२
आज पनि नेताहरुले भने, ‘सहमति निकट छौं, भोलि सहमतिको सम्भावना’
प्रदेशहरुको सीमांकन संशोधनका लागि गठन गर्ने भनिएको उच्चस्तरीय राजनीतिक समितिको कार्यविधिमा प्रमुख तीन दल र मधेशी मोर्चाको कार्यदल सहमति नजिक पुगेको छ ।

वार्ताबारे जानकारी दिंदै सदभावना सह-अध्यक्ष लक्ष्मणलाल कर्ण । तस्वीर: गोपेन राई
आजको वार्तामा सरकारकातर्फबाट प्रस्तुत गरिएको त्यस्तो समितिको कार्यविधिबारे खुलेर छलफल भएको भन्दै सद्भावना पार्टीका सह-अध्यक्ष लक्ष्मणलाल कर्णले केही कुरा मिल्न बाँकी रहे पनि धेरै कुराहरु मिलिसकेको बताए ।
उनले भने, “सयन्त्रको कार्यादेशमा धेरे कुरा मिलेको छ, बाँकी भोलि दिउँसो ३ बजे हुने वार्तामा टुङग्याउँछौ ।”
समितिको कार्यविधिबारे आज भएको छलफल बारे दुबै पक्षका शिर्ष नेतृत्व तहमा छलफल गरेपछि ४ माघ अपराह्न पुन: बैठक बस्नेछ ।
काग्रेस नेता महेश आचार्यले समितिको कार्यविधिका विभिन्न विकल्पमा छलफल भएको र सहमति निकट पुगिएको बताए । उनले प्रस्तावित समितिलाई संविधानकै अंग बनाउने सहमति भएको जानकारी दिए ।
एमाओवादी महासचिव कृष्णबहादुर महराले आजको वार्ताले दुवैपक्षलाई हिजो भन्दा अझै बढी सहमति नजिक पुर्याएको बताए ।
तपलोपा नेता हृदयेश त्रिपाठीले पनि वार्ता दिनप्रतिदिन सकारात्मक भईरहेको भन्दै सहमतिको नजिक पुगेको बताएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
