थप समाचारआइतबार, माघ ३, २०७२
एकलाख घुस सहित नापी सर्वेक्षक पक्राउ
नापी कार्यालय बाँके २ नं. नापी टोलीका सर्वेक्षक जिबछ यादव रु. एक लाख घुस रकमसहित पक्राउ परेका छन् ।
घुस लिएको रकम साथमै राखेर कार्यालय बाहिर निक्लेका यादवलाई नेपालगञ्ज–१२ बाँकेगाउँबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय कोहलपुरको टोलीले पक्राउ गरेको हो ।
नेपालगञ्ज उपमहानगरपालिका–७ रामनगरस्थित साढे ८ धुर जग्गा कित्ताकाट गरी लालपूर्जा बनाउन आलटाल गर्दै सेवाग्राहीसँग एकलाख घुस रकम मागेको उजुरी परेपछि अनुसन्धानको क्रममा उनलाई घुस लिएको रकमसहित पक्राउ गरेको अख्तियारले जनाएको छ ।
केशव राना, बाँके
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
