थप समाचारआइतबार, माघ ३, २०७२
सउदी अरबमा नेपाली युवककोे हत्या
रोजगारीका लागि सउदी अरब पुगेका कपिलवस्तुको पकडी–९ बरहीका ३२ वर्षीय मोहम्मद इजहारको हत्या भएको छ ।

मृतक (इनसेटमा) र उनको परिवार ।
मक्काको अलियाम शहरस्थित सरसफाई कम्पनीमा ड्राईभरको काम गर्ने इजहारको त्यही कम्पनीमा कार्यरत बंगलादेशका नागरिकले ३० पुसमा हत्या गरेको खबर भएको उनका दाजु मोहम्मद इसहाकले बताए ।
घटनाबारे मृतकका साथीहरुले टेलिफोनमार्फत परिवारलाई जानकारी दिएका हुन् ।
घटना स्थल भन्दा करीब १७ सय किलोमिटर टाढा साउदी अरबमै रहेका मृतकका अर्का दाजु हजरत आज सांझ सम्म घटना स्थलमा पुग्ने परिवारजनले बताएका छन् ।
हजरतले दिएको जानकारी अनुसार स्थानीय प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा ५ जना बंगलादेशी नागरिकलाई पक्राउ गरी थुनामा राखेको छ ।
११ महिनाअघि इजहार काठमाडौंस्थित वल्र्ड वाइड इम्पल्वाइड कम्पनी त्रिपुरेश्वरबाट मासिक ८ सय रियाल पाउने र ८ घण्टा काम गर्ने श्रम संझौता अनुरुप साउदी पुगेका थिए ।
मृतकको शव छिटो ल्याउने पहल गरिदिन मृतकका पिता अब्दुल हई मुुसलमानले सरकारसंग आग्रह गरेका छन् ।
अहिले पूरै गाउँ शोकमा डुबेको छ । मृतककी पत्नी सजरुन निसा पतिको हत्याको खबर सुने देखि नै बेहोसी अवस्थामा छिन् ।
मृतकका श्रीमती, २ बर्षका छोरा, ४ र ६ वर्षका छोरीहरु छन् ।
२ वर्ष अघि सोही गाउँका २३ वर्षीय ईबरार हुसेनको कतारमा र २८ वर्षीय अबुल हुसेनको साउदी अरबमा हत्या भएको थियो ।
गोपाल भण्डारी, कपिलवस्तु
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
