Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
प्रधानमन्त्रीद्वारा पञ्च–श्रवण लामा सम्मानित - Himalkhabar.com

रमझमआइतबार, माघ ३, २०७२

प्रधानमन्त्रीद्वारा पञ्च–श्रवण लामा सम्मानित

हिमालखबर

IMG_6968प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि जापानमा नेपाली लोकसंगीतको प्रवद्र्धनमा योगदान पु¥याउने पञ्च लामा र श्रवन लामालाई सम्मान गरेका छन् ।

सांस्कृतिक संस्थानले राष्ट्रिय नाचघरमा आयोजना गरेको कार्यक्रममा बाँसुरीवादक पञ्च लामा र तवलाबादक श्रवन लामालाई प्रधानमन्त्री ओलीले सम्मान गरेका हुन् । उनीहरुले ३० वर्षदेखि जापानमा नेपाली लोक संगीतमा आधारित बाँसुरी र तवला बजाउँदै आएका छन् ।

यसबाहेक, यी दुई लामाले नेपालका विभिन्न सामाजिक सेवाका लागि झण्डै तीन करोड सहयोग दिइसकेका छन् ।

IMG_6987१२ वैशाखमा गएको भूकम्प पीडितलाई राहत जुटाउन जापानमा सांगीतिक प्रस्तुति गरेका उनीहरुले वर्षेनि सर्लाहीको घुर्काैलीमा स्थापना भएको अनाथ बालबालिकालाई आर्थिक सहयोग गर्दै आएका छन् । यो वर्ष मात्रै दुई दाजुभाई लामाले १८ लाख सहयोग गरे ।

सम्मानका लागि नाँचघर पुगेका प्रधानमन्त्री ओलीले उनीहरुले नेपाली संस्कृतिलाई विदेशमा विस्तार गरेकोमा प्रशंसा गरेका थिए । सम्मानपछि झण्डै एक घण्टा प्रधानमन्त्री ओली बाँसुरी र तवला सुनेर नाँचघरमा बसे । उनले भने, “कृष्णले बजाएको बाँसुरी गोपनी लठ्न्थिें, आज हामी पनि त्यस्तै अवस्थामा पुग्यौं ।”

याे पनि हेर्नुहाेस्ः हुर्कंदै ‘शान्ति’

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>