थप समाचारसोमबार, माघ ४, २०७२

बढ्दैछ बाघको संख्या

हिमालखबर

Tiger (1)केही वर्षदेखि बढिरहेको बाघको संख्या थपिएको हुनसक्ने बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

क्यामेरा ट्रयापिङ्ग प्रबिधिबाट गणना थालेको निकुञ्जले बातावरण अनुकुल भएकाले बाघको संख्या बढेको हुनसक्ने जनाएको छ । (हे.तथ्याङ्क)

ttद्वन्द्वका बेला घटेको संख्या शान्ति प्रकृयालगत्तै बढ्दै गएको छ । हाल देशभर १९८ बाघ रहेकोमा ५० वटा यो निकञ्जमा छन् ।

यसअघि, क्यामेरा ट्रयापिङ्ग र बाघको दिसा संकलन गरी डीएनए परिक्षणमार्फत गणना गरिदै आएकोमा यो वर्ष ट्रयापिङमार्फत गणना हुने निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए ।

बाघको गणनासँगै उनीहरुको आहारा प्रजातिबारे पनि अध्ययन् हुनेछ । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि ५ वटा ब्लक विभाजन गरिएको छ । ३० जनाको ५ वटा समूहले २९७ स्थानमा स्वचालित क्यामेरा राखेर गणना गर्नेछन् ।

यसका लागि ८० जोडी स्वचालित क्यामेरा जडान गरिने निकुञ्जले जनाएको छ । कर्णाली तटीय क्षेबाट आज शुरु भएको गणना ७२ दिनमा सकिने प्राविधिक समूहले जनाएको छ ।

निकञ्ज तथा वन्यजन्तु कोष विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लूडब्लू एफ र बर्दिया राष्ट्रिय निकुन्जको संयुक्त पहलमा बाघ गणना थालिएको हो । भारतको कर्तनियाघाट वन्यजन्तु आरक्षसँग जोडिएको तराईकै ठूलो यो राष्ट्रिय निकुञ्जले ९६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ ।

-भावुक योगी, बर्दिया

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>