थप समाचारसोमबार, माघ ४, २०७२
असई हत्याको अभियोगमा एक जना पक्राऊ
सप्तरीको झुटकीस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असई) रमेश सुब्बाको हत्यामा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राऊ गरिएको छ ।
गत २० पुसमा भएको हत्यामा संलग्न रहेको अभियोगमा सप्तरी झुटकी–७, का अशोक यादवलाई पक्राउ गरिएको छ । नर्घाे–६, स्थित झौहरा हटियाबाट चौकीतर्फ जाने क्रममा गोली असई सुब्बाको हत्या भएको थियो ।
यादवलाई घट्नामा प्रयोग भएको मोटरसाइकलसहित नियन्त्रण लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको र फरार अन्यको खोजी भइरहेको छ ।
-श्रवणकुमार देव, राजविराज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
