समाचारमंगलबार, माघ ५, २०७२

सभापतिमा फेरि कोइराला हुनुपर्छः मिनेन्द्र रिजाल

हिमालखबर

minendra-riajalनेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले आसन्न कांग्रेसको महाधिवेशनले सभापतिमा पुनः सुशील कोइरालालाई निवार्चित गराउने दाबी गरेका छन् ।

नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको कार्यक्रममा बोल्दै रिजालले जनप्रतिनिधि मार्फत संविधान बनाउने ६६ वर्षअघिको बिपी कोइरालाको संकल्प सुशील कोइरालाले पूरा गरेकोले पनि उनी फेरि कांग्रेस सभापति बन्ने जिकिर गरे ।

कोइरालाले कांग्रेसलाई ठूलो पार्टी बनाउन योगदान दिएको उनकै शालीनताका कारण दोस्रो संविधानसभाले संविधान बनाउन सकेको रिजालको दाबी छ ।

उनले अहिले सरकार परिवर्तन गर्ने समय नभएको बताउँदै प्रमुख विपक्षी दलको हिसाबले कांग्रेसले सरकारलाई सुझाव र सहयोग गर्ने बताए ।

मधेश र मधेश आन्दोलनका विषयमा एमालेसँग दृष्टिकोण नमिलेकै कारण सरकारमा कांग्रेस नगएको भन्दै उनले विषयवस्तुलाई गम्भीर रुपमा लिन प्रधानमन्त्रीलाई आग्रह गरे ।

यथाशक्य छिटो नाका खुलाउने विषयमा सरकार लाग्नुपर्ने बताउँदै डा रिजालले अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा दलहरु नभएर सरकार नै बोल्नुपर्ने बताएका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>