Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बिहे गरेको भन्दै विद्यालय प्रवेशमा रोक - Himalkhabar.com

थप समाचारमंगलबार, माघ ५, २०७२

बिहे गरेको भन्दै विद्यालय प्रवेशमा रोक

हिमालखबर

गोरखाको मिरकोटस्थित त्रिवेणी माविले बिहे गरेका विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाएको छ ।

प्रवेशिका परीक्षाको तयारीमा रहेका छात्रा सम्झना राना र छात्र योगेन्द्र कुँवरलाई विद्यालयले पठनपाठनमा रोक लगाएको हो ।

गत १३ मंसीरमा एकापसमा बिहे गरेका उनीहरुलाई ‘पढ्दापढ्दै बिहे गरेको’ भन्दै विद्यालयले पठनपाठनमा वञ्चित गरेपछि न्याय खोज्न सदरमुकाम आइपुगेका छन् ।

विद्यालय व्यवस्थापन समितिको निर्णय भन्दै शिक्षकले छात्रछात्रालाई विद्यालय प्रवेशमा रोक लगाएका हुन् ।

दुवै पक्षका अभिभावक साथ लिएर कुँवर र राना सदरमुकाममा छन् । उनीहरुले जिल्ला शिक्षा कार्यालयमा समेत आफूहरुलाई विद्यालयले निष्कासन गरेको बारे जानकारी गराइसकेका छन् ।

बिहे गरेको केही दिनपछि विद्यालय जाँदा प्रअले ‘किन स्कुल आएको’ भन्दै ढोकाबाट बाहिर निकालिदिएको छात्रा रानाले बताइन् ।
‘हेडसरले कुनै हालतमा स्कूल पढ्न दिन्न भन्नुभएको छ’ रानाले भनिन् ।

प्रवेशिका परीक्षा नजिकिएको भन्दै विद्यार्थीहरुले जति सक्दो छिटो विद्यालय गई आफूहरु पढ्ने वातावरण बनाइदिन शिक्षा कार्यालयसँग आग्रह गरेका छन् ।

“एसएलसीको मुखमा हामीलाई पढ्नबाट बञ्चित गराइयो । स्कुल जानै नपाइने कस्तो नियम ?”–छात्र कुँवरले भनिन् । शिक्षा कार्यालयले जे भन्छ त्यही गर्ने भन्दै उनीहरु सदरमुकाम बसेका हुन् ।

विद्यालयका प्रध्यानाध्यापक चूडामणि अधिकारीले ४ फागुन २०६८ मा व्यवस्थापन समितिले गरेको निर्णय आफूले कार्यान्वयन मात्रै गरेको बताए ।

“एउटै विद्यालयमा पढ्ने छात्रछात्राले बिहे गरे भने निष्कासन गर्ने निर्णय छ”–उनले भने, “नियम कार्यान्वयन गर्नैपर्‍यो, अब शिक्षा कार्यालयले जे निर्देशन दिन्छ त्यही गरिन्छ ।”

“पढ्ने व्यवस्था मिलाउन विद्यालयलाई आवश्यक निर्देशन दिएका छौँ” सहायक जिशिअ ठाकुरजी तिवारीले भने, “पहिले झैँ पठनपाठनको व्यवस्था गर्न भनेका छौँ ।”
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>