Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
शीर्ष तीनलाई विश्राम लिन गगन थापाको सुझाव - Himalkhabar.com

समाचारमंगलबार, माघ ५, २०७२

शीर्ष तीनलाई विश्राम लिन गगन थापाको सुझाव

हिमालखबर

2-1नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टीका शीर्ष तीन नेतालाई सक्रिय राजनीतिबाट बिश्राम लिन सुझाव दिएका छन् ।

आगामी फागुनमा हुने १३ औं महाधिवेशनबाट नेतात्रय सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलले अभिभावकको भूमिका निर्वाह गरी युवा पुस्तालाई जिम्मेवारी सुम्पनुपर्ने भन्दै थापाले अगाडि भने, “अबको नेतृत्व युवा पुस्तामा आउन सकेमात्र कांग्रेस नँया प्रक्रियाबाट अगाडि बढ्न सक्छ ।”

हाल पार्टी पदाधिकारी रहेकाहरुको पुस्ताबाट सभापति र त्यसपछिको पुस्ताबाट पदाधिकारीहरु चयन हुनुपर्ने बताउँदै आएका थापाले पार्टीको जिम्मेवारी र नेतृत्व सम्हाल्न नयाँ पुस्ता तयार भइसकेको भन्दै नेतृत्व हस्तान्तरणका लागि अघिल्लो पुस्तासँग आग्रह गरेका हुन् ।

प्रेस युनियनले अर्घाखाँचीले आयोजना गरेको कार्यक्रममा बोल्दै आगामी महाधिवेशनमा आफूले महामन्त्री पदमा उम्मेदवारी दिन चाहेको तर त्यसका लागि पार्टीको युवापुस्तासँग छलफलमै रहेको उनले बताए ।

सरकारको उपलब्धि शून्य

केपी ओली नेतृत्वको सरकार कछुवाको गतिमा घस्रीरहेको आरोप लगाउँदै थापाले सरकारको सय दिनको उपलब्धि शून्य रहेको बताए । “यस्तै चाल रहने हो भने यो सरकार धेरै दिन टिक्दैन,” उनले भने ।

उनले सरकारको सय दिनले निराश बनाएको भन्दै विकास–निर्माणका कामहरु द्रुत गतिमा अघि बढाउन सरकारलाई आग्रह गरे ।

नेता थापाले सुशील कोइरालाको नेतृत्वमा संविधान निर्माण भएको, दोस्रो संविधानसभा निर्वाचनबाट कांग्रेसले बहुमत हासिल गरेकाले उनको कार्यकाल सफल भएको दाबी पनि गरे ।
प्रेम आचार्य, अर्घाखाँची

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>