Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
आज नेपाल र माल्दिभ्स भिड्दै - Himalkhabar.com

समाचारमंगलबार, माघ ५, २०७२

आज नेपाल र माल्दिभ्स भिड्दै

हिमालखबर

बङ्गलादेशमा जारी बङ्गबन्धु गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज साँझ माल्दिभ्सको सामना गर्दै छ ।

बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु राष्ट्रिय रङ्गशालामा हुने खेलमा नेपाली समय अनुसार साँझ ५:१५ बजे दुवै टोली भिड्नेछन् । नेपाल समूह ‘ए’ को उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो भने माल्दिभ्स समूह ‘बी’ को विजेता हो ।

समूह चरणको खेलमा नेपालले करिब २८ महिनापछि श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गरेपछि नेपालको विजयविहीन यात्रालाई बिर्साएको थियो । त्यतिबेला विमल घर्ती मगरले गोल गरेका थिए । जारी प्रतियोगितामा गोल नखाने एउटा मात्र राष्ट्र नेपाल हो ।

नेपालले माल्दिभ्सलाई हराउन भने त्यति सजिलो छैन । समूह चरणको खेलमा माल्दिभ्सले कम्बोडियालाई ३–२ तथा बङ्गलादेशलाई २–० गोलअन्तरले पराजित गरेको थियो भने बहराइनसँग एक/एक गोलको बराबरीमा खेलेको थियो ।

त्यस्तै नेपालले श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गरेको थियो भने बङ्गलादेश र मलेसियासँग गोलरहित बराबरी खेलेको थियो ।

यसअघि नेपाल र माल्दिभ्स छ पटक आमनेसामने भएका छन्, जसमा नेपालले दुई खेल बराबरी खेलको थियो भने बाँकी चार खेल माल्दिभ्सको पक्षमा रहेको छ ।

त्यसैगरी यसअघि सोमबार भएको पहिलो सेमिफाइनल खेलमा बहराइन बङ्गलादेशको राष्ट्रिय टोलीलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगितामा आज हुने खेलमा विजेता टोलीले फाइनलमा बहराइनसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>