Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कार्यदलको औचित्य सकियो, अव शीर्ष नेताहरुबीच वार्ताः मोर्चा - Himalkhabar.com

समाचारमंगलबार, माघ ५, २०७२

कार्यदलको औचित्य सकियो, अव शीर्ष नेताहरुबीच वार्ताः मोर्चा

हिमालखबर

pppसंयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले कार्यदल स्तरमा वार्ताको औचित्य सकिएको जनाएको छ ।

तमलोपाको कार्यालय विजुलीबजारमा पत्रकार सम्मेलन गर्दै मोर्चाले सरकारी कार्यदल निरीह भएकाले यो तहमा वार्ता नहुने जनाएको छ । तमलोपाका सहअध्यक्ष हृदयेश त्रिपाठीले भने, “निर्णय लिन नसक्ने कार्यदलबीच वार्ताको औचित्य समाप्त भएको छ ।”

मोर्चाले प्रमुख तीन दलसँगको वार्ता भने जारी रहने जनाएको छ । “अव शीर्ष नेताहरुबीच वार्ता हुन्छ, कार्यदलमा हुँदैन”, त्रिपाठीले भने ।

मोर्चाले कार्यदलमा ११ बुँदे बाहेक नयाँ माग नराखेको जनाएको छ । “अनुसूचीमा राख्नुपर्छ भन्ने माग छैन, घाइतेको औषधोपचार, क्षतिपूर्ति र न्यायिक छानविन आयोगको माग राखिएको हो”, त्रिपाठीले भने ।

४ माघसम्म सकारात्मक रहेको सम्वाद तीन दलका शीर्ष नेताहरुले उल्ट्याएकाले सहमति जुट्न नसकेको उनले बताए ।

मोर्चाले सहमति वार्ता सहमतिमा नपुगेसम्म आन्दोलन नरोक्ने जनाएको छ । नाकामा धर्ना दिनेहरु फर्किसकेको सन्दर्भमा त्रिपाठीले भने, “फेरि धर्ना बस्छौं, नाका धेरै टाढा छैन ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>