समाचारमंगलबार, माघ ५, २०७२

संसद् बैठक अझै शुरु भएन, शीर्ष नेताबीच छलफल

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती, प्रमुख राजनीतिक दलका शीर्ष नेता र संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकबीच अहिले संसद्को कार्यसूची र बैठक सञ्चालन सम्बन्धमा केन्द्रित रहेर छलफल भइरहेको छ ।

व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा भइरहेको उक्त छलफलले नेपालको संविधानको (पहिलो संशोधन) विधेयकलाई कसरी अघि बढाउने भन्नेमा निचोड निकाल्ने छ ।

संविधान संशोधन विधेयकमाथि दफावार छलफल गर्ने उद्देश्यका साथ संसद्को बैठक आज, ५ पुस अपराह्न १ बजे बस्ने गरी बोलाइए पनि अहिलेसम्म बैठक बस्न सकेको छैन ।

संविधान संशोधनका विषयमा आन्दोलनरत मधेशकेन्द्रित दलसँग सहमति कायम गर्न यसअघिका संसद् बैठक पटक पटक स्थगन भएका थिए भने आजको बैठक निकै लामो समयपछि बस्न लागेको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>