थप समाचारमंगलबार, माघ ५, २०७२
ट्रकको ठक्करबाट सेनाका क्याप्टेनको मृत्यु
पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको दुम्किबासमा भएको सवारी दुर्घटनामा नेपाली सेनाका क्याप्टेन (सहसेनानी) को मृत्यु भएको छ ।
दुम्किबास ५ दाउन्नेमा ५ माघ दिउँसो ट्रकले ठक्कर दिँदा बा ३४ प ४१०६ नम्बरको मोटरसाइकल चालक चितवन रत्ननगरपालिका १५ बस्ने ४७ वर्षीय क्याप्टेन सुशिल श्रेष्ठको मृत्यु भएको हो ।
आफू कार्यरत रुपन्देहीको सैनामैना तालिम केन्द्रबाट बुटवलतर्फ जाँदै गरेका श्रेष्ठलाई विपरित दिशाबाट आउँदै गरेको ना ४ ख ८८७५ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते उनको उपचारको क्रममा चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
ठक्कर दिने ट्रक दाउन्नेमा पल्टिएको छ भने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विद्रोही गिरी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>