समाचारबुधबार, माघ ६, २०७२

जनकपुरमा आजदेखि सार्वजनिक बस सञ्चालन

हिमालखबर

जनकपुरमा पाँच महिनादेखि बन्द रहेको सार्वजनिक बस सेवा आज, ६ माघदेखि पुनः सञ्चालनमा आएको छ ।

जनकपुर अञ्चल बस व्यवसायी सङ्घका अनुसार जनकपुरबाट देशका विभिन्न भागमा जाने र आउने दिवा तथा रात्रि सेवाका बसहरु आजदेखि पूर्ववत् रुपमा सञ्चालनमा आएका छन् ।

सङ्घका अध्यक्ष मनोज चौधरीले आम जनताको सुविधाका लागि सङ्घले बस सञ्चालन गरेको भन्दै यसलाई तराईमा जारी आन्दोलनको विरोधका रुपमा नलिन आग्रह गरेका छन् ।

बस सञ्चालनपछि यात्रुलाई आवागमनमा भोग्नुपरेको सास्ती आजदेखि कम भएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>