Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
राहत लिन अंशबन्डा र नामसारीमा भिड - Himalkhabar.com

थप समाचारबुधबार, माघ ६, २०७२

राहत लिन अंशबन्डा र नामसारीमा भिड

हिमालखबर

सिन्धुपाल्चोक मालपोत र नापी कार्यालयमा दुई महिनादेखि अंशबन्डा, नामसारीलगायत सरकारी सेवा लिन सेवाग्राहीको अत्यधिक भिड लाग्न थालेको छ ।

गत वैशाखको भूकम्पबाट घर तथा गोठ पूर्ण रुपमा क्षतिग्रस्त भएपछि सरकारद्वारा दिइने राहत तथा अनुदान पाउने उद्देश्यले सेवाग्राहीको घुइँचो लागेको हो । यसअघि अंशबन्डाको काम बढीमा दैनिक तीन/चार र नामसारी एक/दुई मात्र हुने गरेकामा मंसीरदेखि अंशबन्डा दैनिक करिब ९० र नामसारी करिब २१ वटा हुने गरेको प्रमुख मालपोत अधिकृत कमलप्रसाद तिमिल्सिनाले बताए ।

सेवाग्राहीले भूकम्पबाट घर भत्केर पुरिएको नागरिकता, जग्गा धनीपुर्जा, नामसारी, अंशबन्डा, किनबेच समेत पाँच/सात वटा काम एकै चोटि लिएर आउने हुँदा कसैलाई एक हप्तासम्म लाग्ने गरेको प्रमुख तिमिल्सिनाको भनाइ छ ।

बाबु परलोक भएको धेरै समय बितिसके पनि भूकम्पपछि कानुनी रुपमा अंशबन्डाको प्रमाण पेस गरेपछि मात्र सरकारी सुविधा पाइने हुँदा साँगाचोक–४ का सोमबहादुर तामाङ मालपोत कार्यालयमा तीन दिनदेखि धाइरहेको बताउँछन् ।

तीन भाइको अंशबन्डाको लिखतसहित नामसारी गराउन ८३ वर्षीया आमा सेतीलाई लठ्ठीको सहाराले नभ्याएपछि दुई छोराले पाखुरामा समाई डोर्‍याएर कार्यालयमा लगेका थिए । “वृद्ध आमा हिँडडुल गर्न सक्नुहुन्न”–सोमबहादुरले भने, “खै आज त काम सकिएला कि ?”

हिमाली क्षेत्रको पाङ्तान– ७ का ७६ वर्षीय प्रेमबहादुर न्यौपाने भने सात दिनसम्म सदरमुकाम बस्दा खर्चले समेत नधान्ने भएपछि पुर्जा नलिई घर फर्केका छन् । आफ्ना चारभाइ छोरालाई बन्डापत्र गर्दा सात दिनमा काम सकिए पनि पुर्जा लिने काम अझै नसकिएकाले फेरि कुनै दिन आउने गरी घर फर्केको उनले बताए ।

विसं २०६८ को जनगणनानुसार सिन्धुपाल्चोकमा ६६ हजार ६३५ घरधुरी रहेकामा भूकम्पपछि घर सङ्ख्या ८४ हजार ६१९ पुगेको छ । यसमा पनि कतिपयले छुटमा निवेदन दिएको हुँदा करिब तीन हजार निवेदनमाथि छानबिन हुन बाँकी रहेको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>