समाचारबुधबार, माघ ६, २०७२

पाकिस्तानः विश्वविद्यालयमा आतंकवादी आक्रमण, २१ को मृत्यु

हिमालखबर

पाकिस्तानको चारसद्दास्थित बाचा खान विश्वविद्यालयमा आतंकवादी आक्रमण हुँदा कम्तीमा पनि २१ जनाको मृत्यु भएको छ ।

मोबाइलबाट खिचिएको यो तस्वीरमा सुरक्षाकर्मीहरु बच्चाखान विश्वविद्यालय बाहिर पोजिसन लिंदैछन् । तस्वीरः एफपी

मोबाइलबाट खिचिएको यो तस्वीरमा सुरक्षाकर्मीहरु बच्चाखान विश्वविद्यालय बाहिर पोजिसन लिंदैछन् । तस्वीरः एफपी

खैवरपख्तुनख्वा प्रान्तको चारसद्दा शहरस्थित विश्वविद्यालयमा विद्यार्थी र प्राध्यापकहरुमाथि अपरिचित बन्दुकधारीहरुले एक्कासी गोली चलाउँदा कम्तीमा २१ जनाको मृत्यु भएको पाकिस्तानी पत्रिका द डनको अनलाईन संस्करणले जनाएको छ ।

विश्वविद्यालयमा भएको आक्रमण लगत्तै पाकिस्तानी सेनाले गरेको कार्वाहीमा ४ जना आतंकवादी पनि मारिएको बताइएको छ । पत्रिकाका अनुसार २० देखि २५ वर्ष उमेर समूहका करिब ८ जनाको समूहमा रहेका आतंकवादीहरु उक्त विश्वविद्यालयको पर्खाल नाघेर भित्र पसेका थिए । उनीहरुले एक्कासी गोली प्रहार गर्नुका साथै बम विष्फोट गराएको समाचारमा उल्लेख छ ।

आक्रमणको जिम्मेवारी पाकिस्तनमा प्रतिवन्धित स‌ंगठन तहरिक ए तालिवानले आफ्नो फेसबुक पेजमा पोष्ट गर्दै लिएको छ । तहरिक ए तालिवानले  डिसेम्बर २०१४ मा  चारसद्दा भन्दा ५० किलोमिटर टाढा पेशावरस्थित आर्मी पब्लिक स्कुलमा आतंकवादी आक्रमण गर्दा १४० जनाको मृत्यु भएको थियो ।

फाइल तस्वीर: बच्चा खान विश्वविद्यालय

फाइल तस्वीर: बाचा खान विश्वविद्यालय

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>