समाचारबुधबार, माघ ६, २०७२

बोक्सी लागेको भन्दै तातो ढुंगा र फालीमा डामिएका वालक सिकिस्त

हिमालखबर

SANYO DIGITAL CAMERA

ढुंगा र फालीले डामिएका बालकको घाउ । तस्वीर: लक्ष्मी गौतम

पाँचथरको ओयाममा झाडापखाला लागेका वालकलाई स्थानीय विजुवाहरुले बोक्सी लागेको भन्दै ढुंगा र फाली तताएर डामेपछि बालक सिकिस्त भएका छन ।

स्थानीय विजुवाद्वय सुकवहादुर र तिलवहादुर राईले ओयाम–१ का उर्मिला र धनवहादुर राईका १४ महिने छोरा दिप्सनलाई २४ पुस साँझ ढुंगा र फाली तताएर डामेका हुन ।

डामिएका वालकको बायाँ तिघ्रामा भएको घाऊ पाकेर गन्हाउन थाल्दासम्म पनि उपचारार्थ अस्पताल ल्याइएको छैन ।
ग्रामिण क्षेत्रमा अझैसम्म धाँमी झाँक्रीको विश्वास कायम रहनुका साथै अस्पतालसम्म अविभावकको पहुँच नहुँदा घटना सार्वजनिक नभएको हो ।

“अती सामान्य अवस्थाका अभिभावकले घट्ना सार्वजनिक गर्दा धामीझाँक्री रिसाइ फेरि अप्ठ्यारो पर्दा चिन्ता (झारफुक) नगरिदेलान भनेर गुपचुप वसेछन,” ओयाम १ का वडा नागरिक मञ्चका अध्यक्ष इन्द्रवहादुर राईले भने ।

आमा उर्मिलासँग बालक दिप्सन ।

आमा उर्मिलासँग बालक दिप्सन ।

राईका अनुसार घट्नाको ११ दिन पछि (५ माघमा) वडा नागरिक मञ्चको वैठक वसिरहेका वखत मात्रै बालकको अवस्थाबारे चर्चा भएको थियो ।

वडा नागरिक मञ्चको वैठकमा स्वास्थ शिक्षा र अन्धविश्वासको अवस्था मापन गर्न तयार गरेका सुचकहरु अध्यावधिक गर्ने क्रममा धाँमी झाँक्री र वोक्सी जस्ता अन्धविश्वास रहे नरहेको भन्ने वुँदामा छलफल हुँदा सहभागी मध्येका एकजना वडावासीले ‘झाडापखाला लागेका वालकलाई वोक्सी लागेको भन्दै ढुंगामा राखेर डामिएको छ । यो चाँहि अन्धविश्वास हो कि होइन ?’ भनेर सोधपछि मात्रै घट्ना सार्वजनिक भएको हो ।

वालकका पिता धनवहादुर राईका अनुसार दुईदिनसम्म झाडापखाला निको नभएपछि चिन्ता (झारफुक) गर्नका लागि बोलाइएका विजुवाद्वयले २४ पुस साँझ ढुंगा र फाली तताएर त्यसमाथि बालकलाई बसालेका थिए ।

“तातो ढुंगामा राख्दा छोरो छट्पटाएर रुन थाल्यो त्यसवेला वाहिर निकाल्नुको साटो उल्टै दुईजनाले अठ्याएर उठ्नै दिएनन्,” आमा उर्मिलाले भनिन् ।

यद्यपी घट्नाको १२ औं दिनसम्म वालकलाई उपचारार्थ अस्पताल ल्याइएको छैन ।
लक्ष्मी गौतम, पाँचथर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>