Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
गुल्मीः बालक दाजु-भाइको हत्या - Himalkhabar.com

थप समाचारबुधबार, माघ ६, २०७२

गुल्मीः बालक दाजु-भाइको हत्या

हिमालखबर

गुल्मीमा एकै घरका दुई बालकको हत्या भएको छ ।

गुल्मीको हाडहाडे–९ का नरेन्द्र पुनका दुई छोराहरु ७ वर्षीय अनिष र ५ वर्षीय मनिष पुनको आफ्नै घरमा हत्या भएको हो ।

६ पुस विहान दुई बालक र उनीहरुकी सौतेनी आमा २१ वर्षीया शान्ता मात्रै घरमा रहेका बेला शान्ताले प्रहरीलाई फोन गरी छोराहरुलाई करेण्ट लागेर मृत्यु भएको बताएकी थिईन् ।

त्यसलगत्तै नयाँगाउँ प्रहरी चौकीबाट गएको प्रहरी टोलीले बालकद्वयकोे मृत्यु नभई हत्या भएको ठहर गरेको छ ।

सौतेनीआमा शान्ताले नै हत्या गरेको हुनसक्ने भन्दै आशंकामा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

“यो कुनै दुर्घटना नभई हत्या नै हो, अहिले अनुसन्धानका लागि शान्तालाई नियन्त्रणमा लिएका छौं,” प्रहरी नायव उपरीक्षक रविन्द्र रेग्मीले भने ।

बालकहरुकी आफ्नी आमाले अर्कैसँग विहे गरेपछि नरेन्द्रले शान्तालाई कान्छीे श्रीमतीको रुपमा भित्र्याएका थिए । उनी अहिले रोजगारीको लागि भारतमा छन् ।

गगनशिला खड्का, गुल्मी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>