थप समाचारबुधबार, माघ ६, २०७२

फेसबुकबाट चन्दा संकलन गरी एम्बुलेन्स खरिद

हिमालखबर

सामाजिक सञ्जाल फेसबुकमार्फत चन्दा संकलन गरी मकवानपुरको आग्रा र गोगनेका युवाहरुले एम्बुलेन्स खरिद गरेका छन् ।

ambulance

तस्वीर: सुरजकुमार भुजेल

एम्बुलेन्सका लागि रकम संकलन गर्न शुभराज गोलेको संयोजकत्वमा गठित समितिले सामाजिक सञ्जालको सदुपयोग गरी रकम संकलन अभियान शुरु गरेको थियो ।

फेसबुकमा चलाइएको ‘आग्रा गोगने डाँडाखर्क फेसबुक अभियान’ मार्फत रु. ७ लाख ५० हजार र स्थानीय हिमशिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट  रु २ लाख ७ हजार गरी जम्मा रु‍. ९ लाख ५७ हजार सहयोग जुटेको थियो ।

फेसबुकमार्फत सहयोग गर्नेहरुमा अधिकांश विदेशमा रहेका नेपालीहरु छन् । व्यक्तिगतरुपमा सबैभन्दा धेरै रोजगारीको क्रममा लाओसमा रहेकी बिना लामाले रु १५ हजार सहयोग गरेकी छन् ।

त्यसैगरी नेपाल–कोरिया सम्पर्क मञ्चले रु ४० हजार र फरक सोच अभियानले रु २० हजार सहयोग गरेको छ ।

एम्बुलेन्स अभावमा आग्रा गोगने क्षेत्रका सुत्केरी महिला, वृद्धवृद्धालाई समयमै अस्पताल पु¥याउन नसक्दो ज्यान गुमेपछि युवाहरुले एम्बुलेन्स किन्न अभियान शुरु गरेका थिए ।

एम्बुलेन्सले मकवानपुरको आग्रा, गोगने, डाँडाखर्क, भार्ता तथा धादिङको किरान्चोक र आसपासका बासिन्दालाई सेवा प्रदान गर्ने संयोजक गोलले जानकारी दिए ।

एम्बुलेन्सको व्यवस्थापन आग्राकै गतिशील आग्रा समाज र हिमशिखर बचत तथा ऋण सहकारी संस्थालिमिटेडले गर्ने भएको छ ।
सुरजकुमार भुजेल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>