समाचारबुधबार, माघ ६, २०७२

देउवाले भने, ‘गिरिजा बाबु हुनुहुन्न, पार्टीको जिम्मा मेरो काँधमा’

हिमालखबर

deubaनेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीलाई एक ढिक्का बनाउने दायित्व आफ्नो काँधमा आएको बताएका छन् ।

नेपाल प्रेस युनियन दाङले तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले भने, “गिरिजाबाबु र मैले पार्टी मिलाएका हौं अहिले गिरिजा बाबु हुनुहुन्न, कांग्रेसलाई एक ढिक्का गराउने दायित्व र जिम्मेवारी मेरै हो ।”

उनले आफू सभापति हुनेवित्तिकै कांग्रेसको सुदृढीकरण अभियान सञ्चालन गर्ने र गुट उपगुट सदाको लागि भत्काएर पार्टीलाई एक ढिक्का बनाउने दाबी गरे ।

उहाँले नेपाली कांग्रेसले संसदमा दर्ता गराएको संशोधन प्रस्ताव पारित भए मुलुकले भोग्दै आएको विद्यमान समस्या समाधान हुने बताए ।

जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र, प्रादेशिक क्षेत्र निर्धारण, समानुपातिक समावेशीताको आधारमा प्रस्तुत विधेयक पारित भएमा मुलुकले भोग्दै आएको असहज परिस्थिति हल हुने उनको भनाइ थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>