Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
जलेकी युवतीको उपचारका लागि आर्थिक अभाव - Himalkhabar.com

थप समाचारबुधबार, माघ ६, २०७२

जलेकी युवतीको उपचारका लागि आर्थिक अभाव

हिमालखबर

gitaआगोले जलेर नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा भर्ना भएकी एक युवतीलाई उपचारका लागि रकमको अभाव भएको छ ।

वीरगञ्जको राधेमाईमा डेरा गरेर बस्दै आएकी पार्वतीदेवीकीे २४ वर्षीया छोरी गीता चौधरीको उपचारमा अर्थाभावले समस्या भएको हो ।

हातखुट्टा नचल्ने, देख्न र बोल्न पनि नसक्ने उनी ३० पुस राति आफ्नै कोठामा बालेको मैनवत्तीबाट सल्केको आगोले जलेकी थिइन् । त्यसपछि ३ दिन इमरजेन्सीमा बसेकी गीता अहिले अस्पतालको महिला सर्जिकल वार्ड, बेड नं १२२ मा छन् ।

“चिया पसल थापेर गुजारा गर्दै आएका थियौं,” पार्र्वतीदेवीले भनिन्, “अहिले छोरीलाई कुरेर बस्नुपर्ने भएकोले पसल खोल्न सकेकी छैन्, उपचार र खानका लागि समेत समस्या छ ।”

३ वर्षको हुँदा मेनिन्जाईटिस भएपछि चौधरी सुस्त मनस्थितिको हुनुका साथै अन्य शारीरिक समस्या देखिएको आमा पार्वती देवीले बताईन् ।

पैसाको अभावमा गीताको राम्रो उपचार हुन नसकेको वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाइँले बताए ।

“केही सहयोग हामीले पनि गरिरहेका छौं तर, त्यो पर्याप्त छैन्,” चौगार्इँले भने, “राम्रो अस्पतालमा लैजाने हो भने उनको अन्य शारीरिक समस्या पनि समाधान हुने चिकित्सकहरुले बताएका छन् ।”
सुरेश विडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>