थप समाचारबुधबार, माघ ६, २०७२
हिउँले ढाकियो मनाङ (फोटो फिचर)
हिमाल पारीको जिल्ला मनाङ अहिले हिउँले ढाकिएको छ । सदरमुकाम चामे र माथिल्लो क्षेत्रमा हिंजो, मंगलबारदेखि निरन्तर हिमपात भईरहेको छ ।
हिमपातले जनजीवन कष्टकर बने पनि आलु लगायतका बाली सप्रने भएकाले स्थानीय खुशी भएका छन् ।
हिमपातका कारण जाडो बढेको र बाहिर निस्कन सक्ने अवस्था नरहेको चामेबाट कृषि विकास बैँकका प्रवन्धक हरि पौडेलले जानकारी दिए । उनका अनुसार सरकारी तथा गैरसरकारी कार्यालयहरुमा सेवाग्राहीको संख्या शून्य छ ।
सडकमा हिउँ जमेपछि चामे र त्यसभन्दा मथिल्लो भेगमा सवारी साधन चल्न सकेका छैनन् ।
हिमपातका कारण पर्यटकहरुको यात्रा पनि रोकिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज पनि रातभर हिमाली क्षेत्रमा हल्का वर्षाका साथ हिमापात हुने जनाएको छ ।
-युवराज श्रेष्ठ
हिउँबाट जनजीवन प्रभावित (तस्वीरहरु)
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>