Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कृष्णप्रसाद हत्याका अभियुक्त अझै फरार - Himalkhabar.com

समाचारबुधबार, माघ ६, २०७२

कृष्णप्रसाद हत्याका अभियुक्त अझै फरार

हिमालखबर

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका अभियुक्त छविलाल पौडेललाई पुर्पक्षका लगि थुनामा राख्न सर्वोच्च अदालतले दिएको आदेश एक महिना बित्दा पनि कार्यान्वयन भएको छैन ।

फरार अभियुक्त छविलाल पौडेल

फरार अभियुक्त छविलाल पौडेल

जिल्ला अदालत चितवन र पुनरावेदन अदालत हेटौडाले उनलाई धरौटीमा छाड्न दिएको आदेशविरुद्ध १ भदौ २०७२ मा सर्वोच्चमा पुनरावेदन परेको थियो ।

६ पुसमा न्यायाधीशहरू गिरीशचन्द्र लाल र दीपकराज जोशीको इजलासले पुनरावेदन र जिल्ला अदालतका आदेशहरू त्रुटिपूर्ण रहेको भन्दै पौडेललाई थुनामा राख्न आदेश दिएको थियो ।

चितवन जिल्ला अदालतमा विचाराधीन रहेको कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दाका मुख्य योजनाकार रुपमा गोरखामा तत्कालीन जनसरकार प्रमुख रहेका पौडेलमाथि अभियोग लगाइएको छ ।

जिल्ला अदालतको सुनुवाईका क्रममा उपस्थित भएका उनी सर्वोच्चको आदेश पछि भने फरार छन् ।

Untitled-2

प्रहरीले रेड कर्नर नोटिस जारी गरेका फरार अभियुक्त रुद्र आचार्य

जिल्ला अदालतले धरौटी र साधारण तारेखमा छाडेका अन्य अभियुक्तले भने ४ माघमा जिल्ला अदालतमा उपस्थित भई तारेख थामेका थिए ।

तारेखसमेत गुजारेर फरार रहेका पौडेलको खोजी तीव्र पारेको चितवन प्रहरीले जनाएको छ ।

चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवर अदालतको आदेश प्राप्त भइसकेको र फरार पौडेललाई समात्न सबै संयन्त्र प्रयोग गरेको बताउँछन् । “गोरखा र अन्य जिल्लाहरुमा समन्वय, इन्टेलिजेन्स प्रयोग र जनशक्ति परिचालन सबै गरेका छौं”, उनले हिमाल खबरसँग टेलिफोनमा भने,“जुनसुकै अवस्थामा पनि पक्राउ गरी छाड्छौं ।”

अर्का अभियुक्त रुद्र आचार्य बेलायतमा छन्, उनीविरुद्ध प्रहरीले ‘रेडकर्नर नोटिस’ जारी गरिसकेको छ

छोरा कृष्णको हत्यामा संलग्नलाई कारवाहीको माग राख्दै अनसन बसेका नन्दप्रसाद अधिकारीको ६ असोज २०७१ मा निधन भएको थियो ।

अनसनको ३३० औं दिनमा निधन भएका नन्दप्रसादको शव अहिले पनि शिक्षण अस्पताल महाराजगञ्जमा छ ।

कृष्ण अधिकारीको हत्या अभियुक्तलाई थुनामा राख्न सर्वोच्चको आदेश
न्यायालयलाई घेराबन्दी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>